कोटेश्वरस्थित किराना होलसेल गोदाममा आगलागी

बुधबार, २३ जेठ २०८१, १२ : ५७

काठमाडौँ-  कोटेश्वरस्थित किराना होलसेल गोदाममा बुधबार दिउँसो आगलागी भएको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी शिवराज बुढाथोकीका अनुसार महादेवस्थानमा रहेको गोदाममा भएको हो ।

घटनामा कुनै मानवीय क्षति भने नभएको डीएसपी बुढाथोकीको भनाई छ  । हाल आगो निभाउने प्रयास जारी रहेको छ ।


 

बुधबार, २३ जेठ २०८१, १२ : ५७

प्रतिक्रिया