काठमाडौं – चाबहिलमा एक पुरुषले सुन्दै आश्चर्य लाग्ने कुकृत्य गरेका छन् । मंगलबार राति साढे ८ बजेतिर ५२ वर्षका चञ्चल सिहंले आफूसहित श्रीमती र तीन छोरीमाथि पेट्रोल छर्किएर आगो लगाएका हुन् ।
सिंहले ४४ वर्षका श्रीमती विनु सिंह, छोरीहरू २५ वर्षीया सुप्रिया, १६ वर्षीया समृद्धि र ८ वर्षीया सुहानीमाथि पेट्रोल छर्किएर आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । सूचना पाएलगत्तै महानगरीय प्रहरी वृत्त गौशालको टोलीले उनीहरूको उद्धार गरी हेल्पिङ ह्याण्ड अस्पाल धुम्बाराही पुर्याएको थिइ । थप उपचारका लागि राति नै कीर्तिपुरको बर्न अस्पतलमा पुर्याइएको र उपचार जारी रहेको प्रहरीको भनाइ छ । प्रहरीले रक्सीेले मातेको अवस्थामा निज सिंहले उक्त घटना गराएको बताएको छ ।
बर्न अस्पताल कीर्तिपुरका अनुसार गम्भीर घाइते जेठी छोरी सुप्रिया र माइली समृद्धीको आईसीयूमा उपचार भइरहेको छ । बुबा, आमा र कान्छी छोरी खतरामुक्त अवस्थामा सामान्य वार्डमा उपचाररत् छन् ।
तीन दिनअघि मात्रै पनि श्रीमती विनुले महानगरीय प्रहरी वृत गौशालामा आफूमाथि श्रीमानले हिंसा गर्दै आएको जानकारी गराएकी थिइन् । । प्रहरी पुगेर चञ्चललाई सम्झाएर फर्किएको थियो ।
प्रतिक्रिया