हकप्रद सेयर प्रस्ताव  पारित गर्न युनाइटेड मोदी हाइड्रोपावरले बोलायो साधारण सभा

विहीबार, २४ जेठ २०८१, ०७ : २४

काठमाडाैं-  हकप्रद सेयर प्रस्ताव  पारित गर्न युनाइटेड मोदी हाइड्रोपावरले बोलायो साधारण सभा  बोलाएको छ ।युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको चैत २९ मा स्थगित भएको साधारण सभा अब जेठ २७ गते हुने भएको छ । 

सभामा यस कम्पनीको सेयर लगानी रहेको युनाइटेड मेवाखोला हाईड्रोपावरद्वारा प्रवध्रित ५० मेगावाटको मेवाखोला जलविद्युत आयोजनामा लगानी गर्नका लागि हाल कायम चुक्ता पुँजीबाट १ः१ अनुपातमा १ करोड २३ लाख ५ हजार कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव रहेको छ ।  हाल यस हाइड्रोपावरको चुक्ता पुँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद सेयर जारी गरेपछि यसको पुँजी २ अर्ब ४६ करोड १० लाख रुपैयाँ पुग्नेछ ।

यस्तै, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनका लागि यस कम्पनीले चैत ७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, चैत ६ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन पाउनेछन् ।

विहीबार, २४ जेठ २०८१, ०७ : २४

प्रतिक्रिया