सिटिजन्स बैंकको  संस्थापक सेयर बिक्रीमा

विहीबार, २४ जेठ २०८१, १३ : ४२

काठमाडौँ - सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको ४ हजार ४४०.८७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता १०३ रूपैयाँ अंकित मूल्यमा यी सेयर बिक्रीमा ल्याएको हो । 

तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आगामी ३५ दिनभित्र यी सेयर   खरीदका लागि आवेदन दिनुपर्नेछ । यी सेयर खरीदका लागि विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । साथै, म्याद व्यतित भए पश्चात् सो सेयर सर्वसाधारणलाई बिक्रीको लागि प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

विहीबार, २४ जेठ २०८१, १३ : ४२

प्रतिक्रिया