सेयर बजारमा सामान्य गिरावट

विहीबार, २४ जेठ २०८१, १५ : ३१

काठमाडौं - साताको अन्तिम कारोबार दिन सेयर बजारमा  १.९३ अंकले घटेर २०७७ को विन्दुमा कायम हुन पुगेको छ । आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १८ करोड ६८ लाख ४ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सिइडिबी हाइड्रोपावरको १४ करोड ४५ लाख ५१ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन पोखरा फाइनान्सको १४ करोड १३ लाख ५२ हजार रुपैयाँ, हिमालयन लघुवित्तको १० करोड २६ लाख ९९ हजार रुपैयाँ र सुपरमादी हाइड्रोपावरको ८ करोड ९६ लाख १८ हजार रुपैयाँको कारोबार भएको हो ।

सेयर मूल्य बढेका कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको आज ३२२ कम्पनीको ८८ लाख १३ हजार ३७४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३८ करोड ८२ लाख ७८ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा ८ वटा उपसूचक राताम्मै भएको छ ।  इमर्जिङ नेपाल र मिड सोलु हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । त्यसैगरी, बुद्धभुमी नेपाल हाइड्रोपावरको ९.८८ प्रतिशत, माण्डु हाइड्रोपावरको ८.४३ प्रतिशत, सुपर मादी हाइड्रोपावरको ७.५८ प्रतिशतले मूल्य बढेको छ ।

 

 

विहीबार, २४ जेठ २०८१, १५ : ३१

प्रतिक्रिया