काठमाडौँ - एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले गत आवको मुनाफाबाट कुनै पनि लाभांश नबाँड्ने भएको छ । बैंंकले गत आर्थिक वर्ष २०७९।०८० को खुद नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
बैंकको सञ्चालक समितिको जेठ २४ गते बसेको बैठकले यस्तो निर्णय गरेको कम्पनी सचिव श्याम बहादुर बोहोराले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत जानकारी दिएका छन् । साथै, बैंकको उक्त बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृत गर्ने र लाभांश नबाड्ने गरी वित्तीय विवरण स्वीकृतार्थ नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया