आज हुदैँ नेष्डो समृद्ध लघुवित्तको साधारणसभा

शुक्रबार, २५ जेठ २०८१, ११ : ५५

काठमाडौँ - नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनीको पाँचौ वार्षिक साधारणसभा आज  हुदैँ छ।  पर्वतको कुश्मास्थित रोयल कुश्मा रिसोर्टमा सभा बस्न लागेको हो । सभा दिउँसो १२:३० बोलाइएको छ। 

कम्पनीले साधारणसभा प्रयोजनार्थ जेठ १८ गते एक दिन बुक क्लोज गरिसकेको छ । अर्थात आज जेठ १७ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । कम्पनीले आफ्ना सेयरधनीलाई कुनै लाभांशको व्यवस्था भने गरेको छैन ।कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९\८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ । 

सभामा संस्थाले अन्य एक वा एकभन्दा बढी वित्तीय संस्थालाई गाभ्नेरगाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण प्रक्रियाका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । अर्को प्रस्ताव प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र संशोधनका विषयमा नियमनकारी निकायबाट कुनै फेरबदल वा परिमार्जन गर्न निर्देशन भएका सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ।   सभामा ४ जना संस्थापक सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

 

 

 
 

शुक्रबार, २५ जेठ २०८१, ११ : ५५

प्रतिक्रिया