दुई कम्पनीको  बोनस सेयर सूचिकृत

शुक्रबार, २५ जेठ २०८१, १३ : ५७

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार नेशनल लघुवित्त र माउन्टेन इनर्जीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा नेशनल लघुवित्तको ७.५ प्रतिशत बोनस बापतको ८ लाख १३ हजार १५४.६६४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । त्यसैगरी माउन्टेन इनर्जीको १५ प्रतिशत बोनस बापतको २९ लाख ५२ हजार ४०.५ कित्ता गरी जम्मा ३७ लाख ६५ हजार १९५.१६४ कित्ता बोनस सेर सूचिकृत भएको छ । सूचीकृतपश्चात् यी दुवै कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।


 

शुक्रबार, २५ जेठ २०८१, १३ : ५७

प्रतिक्रिया