असार ११ गतेदेखि नेपाल लाइफ क्यापिटलले हकप्रद शेयर निष्कासन गर्ने

शुक्रबार, २५ जेठ २०८१, १६ : ५९

काठमाडौं - नेपाल लाइफ क्यापिटलले असार ११ गते देखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । क्यापिटलले जेठ २५ गते सम्म कायम संस्थापक शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १४ लाख ९९ हजार ५१८ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । 

संस्थापक शेयरधनीले आफ्नो हाल कायम शेयरको अनुपातमा हुन आउने हकप्रद शेयर खरीद गर्न लागि क्यापिटलले अनुरोध गरेको छ । आवेदन पेश गर्ने अन्तिम दिन असार २५ गते कार्यालय समय सम्म रहेको छ । तोकिएको समय अवधिभित्र  संस्थापक शेयरधनीले आवेन नदिएमा कम्पनीको नियामावलीमा भएको ब्यवस्था अनुसार सञ्चालक समितिले तोकेको शर्त र तरिकाबाट विक्री गर्ने पनि जनाएको छ । हकप्रद शेयर खरीदका लागि शेयरधनीहरुले नेपाल लाइफ क्यापिटलको कारोबार कार्यालय कमलपोखरी सिटी सेन्टर काठमाडौमा आवेदन दिन सक्नेछन् ।  

शुक्रबार, २५ जेठ २०८१, १६ : ५९

प्रतिक्रिया