धितोपत्र बोर्डको ३२ औं वार्षिक उत्सव सम्पन्न

शुक्रबार, २५ जेठ २०८१, १८ : १३

काठमाडौं - नेपाल धितोपत्र बोर्ड आफ्नो स्थापनाको ३१ वर्ष पार गरी ३२ वर्षमा लागेको छ । सो अवसरमा बोर्डले शुक्रवार काठमाडौंमा वार्षिक उत्सव कार्यक्रमको आयोजना गरेको हो  । 

राजश्व सचिव डा. राम प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरूले बोर्डको संस्थागत भवन निर्माणमा जोड दिएका छन् । बोर्डका कार्यवाहक अध्यक्ष नरेन्द्र कुमार रानाले बोर्डको आफ्नै भवन निर्माणका लागि आफूले सक्रिय भए काम अघि बढाइरहेको बताएका छन् । बोर्डको ३२ औं वार्षिक उत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै कार्यवाहक अध्यक्ष रानाले बोर्डको संस्थागत भवनको विषयमा उपत्यका प्राधिकरणसँग जग्गा प्राप्तीका विषयमा छलफल भैरहेको जानकारी गराएका हुन ।

प्राधिकरणलाई बोर्डले जग्गा खरीद गर्न तीन वर्षअघिनै पैसा भुक्तानी गरिसकेको रानाको भनाई छ । कार्यक्रममा प्रमुख अतिथि राजस्व सचिव डा। राम प्रसाद घिमिरेले बोर्डको संस्थागत भवन निर्माणका लागि आफ्नो तर्फबाट पनि सहयोग र समन्वयन हुने बताएका छन् । उत्पादनमूलक क्षेत्रको रुपमा यो बजारलाई विकास गर्नेतर्फ नियामक निकायले ध्यान दिनुपर्नेमा समेत राजश्व सचिव घिमिरेले जोड दिएका छन् ।

त्यस्तै नेपाल बीमा प्राधिकरणमा अध्यक्ष सूर्य प्रसाद सिलवालले वित्तीय क्षेत्रका तीन नियामक निकाय नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणबीच सहकार्य हुनुपर्ने बताएका छन् । बोर्डको संस्थागत भवनको विषयलाई उल्लेख गर्दै समन्वय गरेर सरकारी जग्गा उपलब्ध गराउन सरकार समक्ष आग्रह समेत गरे । 
 

शुक्रबार, २५ जेठ २०८१, १८ : १३

प्रतिक्रिया