आइपीओ जारी गर्दै श्री डिस्टिलरी

आइतबार, २७ जेठ २०८१, १२ : ५५

काठमाडौँ - श्री डिस्टिलरीले सर्वसाधारणलाई प्राथमिक साधारण सेयर जारी प्रस्ताव सहित आफ्नो विशेष साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिले असार ११ गते विशेष साधारणसभा बोलाएको छ। सभा काठमाडौंको बबरमहलस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा दिउँसो २ बजे बस्ने तय गरिएको छ। सभाले सर्वसाधारणका लागि आइपीओ ल्याउने विशेष प्रस्ताव अनुमोदन गर्नेछ । आइपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

सभाले तेस्तै प्रबन्धपत्र र नियमावलीको आवश्यक दफा तथा नियम संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै विषयमा थप संशोधन गर्न वा वार्षिक संशोधन गर्न निर्देशन एवं सुझाव प्राप्त भएमो सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्ने तय गरिएको छ। 

आइतबार, २७ जेठ २०८१, १२ : ५५

प्रतिक्रिया