सेयर बजार ४.५९ अंकले गिरावट

आइतबार, २७ जेठ २०८१, १५ : ११

काठमाडौं - साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । आइतबार बजार ४.५९ अंकले घटेर २०७३ को विन्दुमा कायम हुन पुगेको छ ।

घटेको बजारमा एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ ।  कम्पनीको ३२ करोड ३ लाख ९४ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सिइडिबी हाइड्रोपावरको २१ करोड १३ लाख २२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन सिटी होटलको १३ करोड ९७ लाख ९४ हजार रुपैयाँ, पोखरा फाइनान्सको १२ करोड ३८ लाख ५७ हजार रुपैयाँ र हाथवे इन्भेष्टमेन्टको ११ करोड ७३ लाख ११ हजार रुपैयाँको कारोबार भएको हो ।

सेयर मूल्य बढेका कम्पनीहरु

आज इष्टर्न हाइड्रोपावर, शुभम् पवर लिमिटेड, सिटी होटल, कुथेली बुखरी स्मल हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३१३ कम्पनीको १ करोड ४ लाख ५२ हजार १२८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ९० लाख ७९ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा ८ वटा उपसूचक राताम्मै भएको छ । उक्त दिन बुद्धभमी नेपाल हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लाएको छ ।

आइतबार, २७ जेठ २०८१, १५ : ११

प्रतिक्रिया