काठमाडौं - ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले सोही प्रस्ताव सहित असार २२ गते वार्षिक साधारण सभा बोलाएको हो। सभा कम्पनीको रजिष्टर्ड कार्यालय, बुटवलमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नछ । सभामा आर्थिक वर्ष २०७९\८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गर्ने, र आर्थिक वर्ष २०८०\८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा रहेका छन् ।
प्रतिक्रिया