आइएमई लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारण सभा सम्पन्न

सोमबार, २८ जेठ २०८१, १४ : ००

काठमाडौँ - आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सोमबार सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्केट क्याटरिङ्ग एण्ड इभेन्ट प्रा.लि.मा सम्पन्न भएको हो ।

सभा मार्फत कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी चार अर्ब रुपैयाँको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३१५८ प्रतिशतले हुन आउने ५ करोड २६ लाख ३१ हजार ५ सय ७९ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । 

सभाले गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने र सर्वसाधारण सेयरधनी समूहबाट एक जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पारित पारित गरेको हो ।

सोमबार, २८ जेठ २०८१, १४ : ००

प्रतिक्रिया