काठमाडौं - साताको दोस्रो कारोबार दिन सेयर बजार ८.९० अंकले बढेर २०८२ को विन्दुमा कायम हुन पुगेको छ । आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ ।
आज कम्पनीको ४१ करोड ८७ लाख ६३ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको माउन्टेन इनर्जी २४ करोड ४७ लाख ४८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन जानकी फाइनान्सको १६ करोड ७७ लाख ५ हजार रुपैयाँ, सिइडिबी हाइड्रोपावरको १३ करोड ५१ लाख ८७ हजार रुपैयाँ र यूनाइटेड इदि मार्दी हाइड्रोपावरको १२ करोड ४४ लाख १९ हजार रुपैयाँको कारोबार भएको हो ।
प्रतिक्रिया