माउन्टेन इनर्जीको  १५प्रतिशत बोनस सेयर डिम्याट खातामा जम्मा

मंगलबार, २९ जेठ २०८१, ०८ : ०७

काठमाडाैं- माउन्टेन इनर्जी नेपाल लिमिटेडको बोनसबापतको १५ प्रतिशत शेयर शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ ।  धितोपत्र दोस्रो बजारमा जेठ २५ गते बोनस शेयरबापतको शेयर सूचीकृत गरी कम्पनीले सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो । 

कम्पनीको चैत्र १३ गते सम्पन्न दशौं वार्षिक साधारणसभाले शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको थियो ।  गत फागुन २९ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीको बोनस शेयर पाएका छन् । बोनस शेयर डिम्याट खातामा नै जम्मा गरिने भएकाले हालसम्म पनि डिम्याट खाता नखोलेका सदस्यलाई यथाशीघ्र खाता खोली आफ्नो बोनस शेयर लिन कम्पनीले आग्रह गरेको छ । 
 

मंगलबार, २९ जेठ २०८१, ०८ : ०७

प्रतिक्रिया