३० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्दै आईसिएफसि फाइनान्स

१ हप्ता अगाडि

काठमाडौँ- आईसिएफसि फाइनान्स लिमिटेडले ३० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्न स्वीकृति पाएको छ । कम्पनीले नेपाल राष्ट्र बैंकबाट प्रति ऋणपत्र रु.१ हजार अंकित दरका ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता भएको ‘९ प्रतिशत आईसिएफसि फाइनान्स डिबेञ्चर—२०८८’ नामक ऋणपत्र निष्कासनको स्वीकृति पाएको हो ।  
कम्पनीको गत चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले ऋणपत्र निष्कासनको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष आवेदन पेश गर्ने निर्णग गरेका थियो । कम्पनीको उक्त आवेदनलाई केन्द्रीय बैंकले जेठ २८ गते स्वीकृती प्रदान गरेको हो ।  

यससँगै अब कम्पनीले प्रति ऋणपत्र रु.१ हजार अंकित दरका ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता ऋणपत्र जारी गर्नेछ । यो ऋणपत्रको ब्याजदर ९ प्रतिशत हुनेछ । कम्पनीले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । 


 

१ हप्ता अगाडि

प्रतिक्रिया