कुमारी बैंकको सस्थापक सेयर लिलामी बिक्रीमा

मंगलबार, २९ जेठ २०८१, १२ : ५४

काठमाडौँ - कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख ८१ हजार २५१ कित्ता सेयर आज जेठ २९ गतेदेखि लिलामीमा ल्याएको छ ।

यो सेयरमा जोकोही व्यक्ति तथा संस्थाहरूले खरिद गर्न पाउनेछन् ।  सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि आवेदन दिँदा  एक लाख कित्ता देखी सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । सेयर खरिद गर्न इच्छुकले काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल लिमिटेडमा असार ४ गते अपरान्ह ३ बजेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।
 

मंगलबार, २९ जेठ २०८१, १२ : ५४

प्रतिक्रिया