काठमाडौँ - नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई बोनस सेयर वितरण गरेको छ । संस्थाले गत चैत १६ गते सम्पन्न १० औँ वार्षिक साधारण सभाबाट पारित भएको ७.५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो।
गत फागुन २९ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको बोनस सेयर सम्बन्धित डिम्याट खातामा जम्मा गरिएको संस्थाले जनाएको छ । उक्त मितिपश्चात अभौतिकीकरण गराएका सेयरधनीहरुको हकमा भने क्रमशः उक्त बोनस सेयर जम्मा गरिने संस्थाले जानकारी दिएको छ ।
प्रतिक्रिया