काठमाडौँ - ब्रिटिस काउन्सिलद्वारा आयोजित युवा तथा जलवायु कार्य सम्मेलन २०२४ सम्पन्न भएको छ । गत जुन ३ मा उद्घाटन गरिएको सम्मेलन जुन १० सम्म चलेको थियो ।
यस सम्मेलनको उद्देश्य हरित अर्थतन्त्र र जलवायु कार्यमा युवा नेतृत्वको अन्तरसम्बन्ध पत्ता लगाउन विभिन्न क्षेत्रका सरोकारवालाहरूलाई भेला गर्नु रहेको थियो । सहभागीहरूले जलवायु परिवर्तनसँग सम्बन्धित चुनौती र अवसरहरूबारे छलफल गर्ने उद्देश्यले विभिन्न गतिविधिहरू मार्फत सक्रिय रूपमा सहभागिता जनाएका थिए । कार्यक्रमले युवाहरूलाई रचनात्मकता, सक्रियता र रोकथामका उपायहरू मार्फत जलवायु सङ्कटसँग जुध्न आफ्ना विचारहरू आदानप्रदान गर्ने मञ्च प्रदान गरेको थियो । नवप्रवर्तनकारी हरित परियोजनाहरू प्रस्तुत गर्ने एक हप्ता लामो प्रदर्शनी तारागाउँ नेक्स्ट, बौद्धमा जुन १० सम्म खुला रहेको थियो ।
प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो । नेपालका लागि बेलायती राजदूत एचई रोब फेनले आफ्नो मन्तव्यमा युवा र जलवायु परिवर्तन बेलायत र नेपालबीचको सम्बन्धलाई ताजा बनाउनका लागि सबैभन्दा उपयुक्त दुई शब्दहरू हुन् भन्ने उल्लेख गरे । ब्रिटिस काउन्सिलको दक्षिण एसियाका क्षेत्रीय निर्देशक हेलेन सिल्भेस्टरले रचनात्मक हरित अर्थतन्त्रको क्षेत्र र जलवायु कार्यमा युवा नेतृत्वको निर्णायक भूमिकाको खोजी गरिएको बताइन् ।
प्रतिक्रिया