१० महिनामा ६ लाखले लिए श्रम स्वीकृति

१ हप्ता अगाडि

काठमाडौँ - वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको साउनदेखि बैशाखसम्ममा वैदेशिक रोजगारीका लागि ६ लाख १२ हजार ७ सय ९१ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् ।

देशमा रोजगारीको अवसर नपाएपछि दैनिक दुई हजार नागरिक वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । विभागका अनुसार एक महिनाको अवधि (बैशाख) मा ७० हजार ६३७ नेपाली वैदेशिक राजेगारीमा गएका छन् । जसमा ६४ हजार ११० जना पुरुष रहेका छन् भने ६ हजार ६२७ जना महिला कामदार बाहिरिएका छन् ।

वैदेशिक रोजगारीका लागी नेपालीको रोजाईमा मलेसिया र युएई परेको छ । एक महिनामा ७० हजार ६३७ जनाले श्रम स्वीकृती लिएकामा मलेसियाका लागि मात्र १६ हजार ९४९ जना नेपालीले श्रम स्वीकृती लिएका छन् ।यस्तै युएईका लागी १६ हजार ५१२ जनाले श्रम स्वीकृती लिएका छन्। मलेसिया र युएइ मात्रै ३३ हजार २६१ जनाले श्रम स्वीकृती लिएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

कतारका लागि ११ हजार १०७ जनाले श्रमले श्रम स्वीकृती लिएका छन् भने साउदी अरेबीयाका लागि ११ हजार ६१ जनाले श्रम स्वृकिती लिएका लिएका छन् । बैशाख महिनामा कुवेतमा ३ हजार ७८७ जना नेपाली गएको विभागले जनाएको छ । यस्तै क्रोएसियामा १ हजार ८१ जना नेपाली गएका छन् भने जापानमा १ हजार २९८ जना नेपाली गएका छन् । यस्तै अष्टेलियाका लागि २५ जना नेपाली श्रमिक बाहिरिएका छन् भने क्यानडाका लागि ९३ जनाले श्रम स्वकृती लिएको विभागले जनाएको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया