काठमाडौँ - धनगढीमा सञ्चालित ‘श्रमाधान रोजगार मेला”मा छब्बीस सयभन्दा बढीले रोजगारीका लागि आवेदन दिएका छन् ।
सङ्घीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र धनगढी उपमहानगरपालिकाको संयुक्त आयोजनामा भएको मेलामा रोजगारीका लागि दुई हजार छ सय ६९ जनाले आवेदन दिएको हुन् । मेलामा उपस्थित भएर एक हजार चार सय ६९ जना र अनलाइनमार्फत एक हजार दुई सय जनाले आवेदन दिएका थिए । नौवटा जिल्लामध्ये सबैभन्दा बढी कैलाली र त्यसपछि कञ्चनपुर तथा अन्य पहाडी जिल्लाका युवाले आवेदन दिएका छन् । विभिन्न रोजगारदाताले दुई हजार छ सय ५४ जना माग गरेका थिए ।
प्रतिक्रिया