मौसम विश्लेषण : तराईमा तातो हावा, मध्ये पहाडी भूभागमा सामान्य वर्षा

बुधबार, ३० जेठ २०८१, ०५ : १२

काठमाडाैं - तराई जिल्लाहरुमा अझै दुई दिन तातो हावा चल्ने भएको छ । मौसम पूर्वअनुमान महाशाखाको अनुसार मध्येपहाडी भूभागमा भने सामान्य वर्षाको संम्भावना रहेको हो ।

कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत  बागमती र गण्डकी  प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

दिउँसोː कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका थोरै स्थानहरुमा तथा बागमती र गण्डकी  प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीː कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। । सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हावा-हुरीको पनि सम्भावना रहेको छ ।

बुधबार, ३० जेठ २०८१, ०५ : १२

प्रतिक्रिया