प्रभु बैंकको संस्थापक शेयर सर्वसाधारणमा जारी

बुधबार, ३० जेठ २०८१, १० : ४८

काठमाडौं- प्रभु बैंकको १ लाख ६९ हजार ५३९ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी भएको छ । बैंकले पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरूमा बिक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर बिक्री गर्न लागेको हो । 

इच्छुक खरिदकर्ताहरूले आगामी १५ दिनभित्र आवेदन पेश गर्नुपर्ने जानकारी बैंकले दिएको छ । आवेदन बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा पेश गर्नुपर्नेछ । बैंकले पाँच संस्थापक शेयरधनीहरूको नाममा रहेको उल्लेखित कित्ता शेयर विक्री गर्न लागेको हो ।

बुधबार, ३० जेठ २०८१, १० : ४८

प्रतिक्रिया