हिमालयन बैंकको संस्थापक शेयर बिक्रीमा

बुधबार, ३० जेठ २०८१, ११ : ०४

काठमाडौं- हिमालयन बैंक लिमिटेडले ५० लाख ९१ हजार ८१८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो । 

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन बैंकको कार्यालय कमलादी, काठमाडौंमा पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट यी शेयर खरिद माग नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर बिक्री प्रक्रिया अघि बढाईने जानकारी बैंकले दिएको छ ।
 

बुधबार, ३० जेठ २०८१, ११ : ०४

प्रतिक्रिया