काठमाडाैं - सेवोन अध्यक्षको लागि प्रस्तुतीकरण समय तोकियो, छिट्टै अध्यक्ष छनौट हुने भएकाे छ ।
लामो समयदेखि रोकिएको नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया अघि बढ्ने निश्चित भएको छ। बोर्ड अध्यक्ष छनौट समितिले प्रस्तुतीकरणको लागि बोलाएसँगै अध्यक्ष छनौट प्रक्रिया पुन अघि बढ्ने निश्चित भएको हो भोली आइतबारदेखि प्रस्तुतीकरणका लागि तयारी अवस्थामा रहन यस अघि अन्तिम पाँचमा परेका उम्मेदवारलाई छनौट समितिले खबर गरेको छ। अन्तिम पाँचमा कृष्णबहादुर कार्की,डा। नवराज अधिकारी,चिरञ्जीवी चापागाईँ, मुक्ति श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठ छनौट भएका थिए। बोर्ड अध्यक्षका लागि १९ जनाले आवेदन परेको थियो।
प्रतिक्रिया