शेयर बजारमा किन आइरहेको छ उत्तार चढाब ?

आइतबार, ०२ असार २०८१, ०७ : २४

काठमाडाैं  -  शेयर बजारमा आइरहेका उत्तार चढाबलले शेयर लगानीकर्ता  अघिल्लो साता पर्ख र हेरकै अबस्थामा देखिएका छन् । साताभरिमा  नेप्से परिसूचक ३४.११ अंक (१.६६%) बढेर २,११२.२९ मा बन्द भयो। गत साता सूचक अघिल्लो साताको तुलनामा ०.४१ प्रतिशतले घटेर २,०७७.७८ मा बन्द भयो। यो साता परिसूचक २,१३३.७३ सम्म उच्च र २०६९.२९ सम्म पुग्यो, त्यसैले ६४.४४ अंकको अस्थिरता देखियो। अघिल्लो साता परिसूचकले २७ दशमलव ४८ अंकको अस्थिरता देखाएको थियो ।

मंगलबार सबैभन्दा बढी ३३ दशमलव ५१ बिन्दुले बढेर रु ५.५ अर्बको कारोबार भए पनि यो साता कुल कारोबार रु २८.५७ अर्ब रहेको छ । मंगलबार सबैभन्दा बढी ३३ दशमलव ५१ बिन्दुले बढेर रु ५.५ अर्बको कारोबार भए पनि यो साता कुल कारोबार रु २८.५७ अर्ब रहेको छ । यो साता तीन लाख ६८ हजार ३०२ कारोवारबाट ६ करोड १९ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । नेप्सेको हालको बजार पुँजीकरण रू. ३,३४९,४७५.४६ मिलियन अर्थात रु ३३.४९ खर्ब रुपैयाँ पुगेको छ ।

पछिल्ला केही दिनयता सेयर बजारमा सकारात्मक संकेतहरु देखिएका छन् । विशेषगरी कारोबार रकमहरु क्रमशः बढ्दै गएको छ । नेप्से तल्लो विन्दुमा रहेका बेला खरिदबिक्री रकम वृद्धि भएकाले आगामी दिन सकारात्मक हुने अनुमान गर्न सकिन्छ । दैनिक खरिदबिक्री रकमका साथमा नेप्से सूचक पनि समग्रमा अप ट्रेन्डमा देखिएको छ । 

सेयर बजार ओरालो लाग्न थालेको करिब ३ वर्ष हुन लागेको छ । बजारको चक्रीय नियमलाई आधार मान्दा पनि अब वियरिस ट्रेन्ड सकिने बेला भएको संकेतहरु देखिन थालेको छ । यद्यपि, बुल–वियरको अवधि यति नै हुन्छ भन्ने कुनै निश्चित समय भने छैन । विगतको प्रवृत्तिलाई हेर्दा सामान्य अनुमान लगाउन भने सकिन्छ ।  बैंकहरुले असार महिनाका लागि पनि ब्याजदर घटाएका छन् । यसले पनि सेयर बजारमा थप सकारात्मक प्रभाव पार्न सक्नेछ । यस्तै, बैंकमा अहिले अधिक तरलताको अवस्था रहेको छ । 

यसअघि कसिएका नीतिनियमहरु पनि क्रमशः खुकुलो हुँदै गएको अवस्था छ । यद्यपि, अझै केही नीति भने बजार विरोधी नै देखिन्छ । यसलाई पनि आगामी मौद्रिक नीतिमा सम्बोधन हुने अपेक्षा गर्न सकिन्छ ।  केन्द्रीय बैंक यतिबेला आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा जुटेको छ । सम्भवतः साउनको पहिलो साता मौद्रिक नीति आउनेछ । यसो त केन्द्रीय बैंकले आगामी मौद्रिक नीति लचिलो हुने संकेत गरिसकेको छ । स्वयं गभर्नरले पनि नीति लचिलो हुने बताएका छन् । मौद्रिक नीतिमा सेयर बजारका लागि बाधक देखिएका कुरा खुकुलो पारिएमा पक्कै पनि यसले सुधारको बाटो समाउन सक्नेछ ।

कारोबार रकम बढ्दै जाँदा बजारमा क्रेता–बिक्रेताको संख्या पनि बढ्दै जान्छ । माग बढेपछि सामान्यतयः मूल्य पनि वृद्धि हुँदै जाने अनुमान लगाउन सकिन्छ । यसअघि लामो समयदेखि सेयर बजार सुस्त हुनुमा खरिदकर्ताको कमी नै प्रमुख कारण मानिएको हो । बढ्दो आपूर्तिलाई खपत गर्न बजारमा क्रेताको संख्या क्रमशः बढ्दै जानुपर्ने हुन्छ ।

यसैगरी, केन्द्रीय बैंकको पछिल्लो तथ्यांकले अर्थतन्त्रका सूचकहरु सबल बन्दै गएको देखाएको छ । विशेषगरी बाह्य क्षेत्र मजुबत बनेको छ । शोधनान्तर, चालु खाता, रेमिटेन्स तथा विदेशी विनिमय सञ्चितिको अवस्था राम्रो रहेको छ ।

यसले लगानीकर्ताको मनोबल बढाउन सहयोग गर्ने देखिन्छ । यस्तै, सेयर बजारको सिजन मानिने असार महिना सुरु भएको छ । यसको पनि केही सकारात्मक प्रभाव पर्न सक्छ । अर्कोतर्फ धितोपत्र बोर्डको अध्यक्ष छनोट पक्रियालाई अर्थमन्त्रालयले अघि बढाउँदै छ । आज आइतबार कार्यमूल्यांकन प्रस्तुती रहेको छ ।  आगामी आउने नेतृत्वले लिन सक्ने योजना कार्यक्रमले पनि शेयर बजार प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पारिरहेको हुन सक्छ ।

आइतबार, ०२ असार २०८१, ०७ : २४

प्रतिक्रिया