राजनीतिक भुमरीमा धितोपत्र बोर्डको अध्यक्ष छनोट,बुधबार उपस्थित हुने संम्भवना न्युन

सर्टलिस्टमा परेका उम्मेदवारमा हाल नेपाल धितोपत्र बोर्डकै कार्यकारी निर्देशक डा। नवराज अधिकारी र नेपाल स्टक एक्सचेन्जका कार्यकारी अधिकृत  सिइओ कृष्णप्रसाद अधिकारी तथा बिमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं हुन् । धितोपत्र ऐनअनुसार छनोटमा परेका पाँचजनाबाट तीनजनाको नाम मन्त्रिपरिषद्मा पेस गर्नुपर्छ ।

सोमबार, ०३ असार २०८१, १० : ४७

काठमाडाैं - नेपाल धितोपत्र बोर्डको नियुक्तीमा नयाँ फण्डा सुरु भएको छ । आइतबार  सर्ट लिस्टमा परेका उम्मेदवार नै  उपस्थित नहुनुलाई राजनीति चलखेल भएको प्रष्ट बुझिन्छ ।

सर्टलिस्टमा परेका उम्मेदवार नै अन्तर्वार्तामा उपस्थित नभएपछि नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया थप लम्बिएको छ । अर्थ मन्त्रालयले आइतबार सर्टलिस्टमा परेका उम्मेदवारलाई कार्यमूल्यांकन तथा अन्तर्वार्ताका लागि बोलाएको थियो । सर्टलिस्टमा परेका पाँचजनामध्ये मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ मात्र उपस्थिति भएका थिए । डा। नवराज अधिकारी, कृष्णबहादुर कार्की र चिरञ्जीवी चापागाईं भने अनुपस्थिति भएका हुन् । 

अध्यक्ष छनोट समितिले उपस्थित दुईजनाको मात्र कार्यमूल्यांकन तथा अन्तर्वार्ता लिएको छ । छुटेका तीनजनालाई भने बुधबार पुनः अन्तर्वार्ताका लागि बोलाइएको अर्थ मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।  सर्टलिस्टमा परेका उम्मेदवारमा हाल नेपाल धितोपत्र बोर्डकै कार्यकारी निर्देशक डा। नवराज अधिकारी र नेपाल स्टक एक्सचेन्जका कार्यकारी अधिकृत  सिइओ कृष्णप्रसाद अधिकारी तथा बिमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं हुन् । धितोपत्र ऐनअनुसार छनोटमा परेका पाँचजनाबाट तीनजनाको नाम मन्त्रिपरिषद्मा पेस गर्नुपर्छ । 

यसअघि पनि सर्टलिस्टमा परेकाको कार्यमूल्यांकन प्रस्तुतिलाई रोकेर अर्थमन्त्री वर्षमान पुन अमेरिकाको कार्यक्रममा भाग लिन गएका थिए । अध्यक्ष नियुक्तिका लागि गत ३ माघमा नै सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो ।

उक्त समितिका सदस्यहरूमा अर्थ मन्त्रालयका तत्कालीन सचिव डा। कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला छन् । सिफारिस समितिले फागुन १६ गते १५ दिनको समयसीमा तोकेर दरखास्त आह्वान गरेको थियो । जसमा १९ जनाले आवेदन दिएका थिए । जसमा पाँचजना सर्टलिस्टमा परेका थिए ।  रोचक त के छ भने तीनै जनाले सल्लाह गरेर आइतबार अनुपस्थिति भएका हुन् । स्रोतका अनुसार उनीहरु तीनजना मओवादी खेमामा उम्मेवादर हुन्। पछिल्ला समय राजनीतिक परिवर्तन हुन सक्ने खेल चलिरहेकोअबस्थामा उनिहरुको उपस्थित हुनुलाईलाई निकै अर्थपूर्ण ढंगले हेरिएको छ ।

सोमबार, ०३ असार २०८१, १० : ४७

प्रतिक्रिया