पर्वतको विहादी गाउँपलिकामा ‘एक घर एक युवक स्वरोजगार’ कार्यक्रम

काठमाडौँ- मुलुकभित्र रोजगारीका अवसर नपाउँदा युवावर्ग विदेशिने क्रम बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै पर्वतको विहादी गाउँपालिकाकाले ‘एक घर एक युवक स्वरोजगार’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।

विहादी गाउँपालिकाको सोमबार सम्पन्न १५औँ गाउँसभामा आगामी आर्थिक वर्षमा युवा स्वरोजगार कार्यक्रम सञ्चालनको घोषणा भएको हो । गाउँपालिकाभित्र कृषि, लघुउद्यम, पशुपालन, पर्यटन क्षेत्रमा युवावर्गलाई प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष परबीन गुरुङले बताए ।

प्रस्तुत नीति तथा कार्यक्रममा ‘श्रमिकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम’ सञ्चालन गरिने जानकारी दिँदै उनले स्थानीय तहको पञ्चवर्षीय रोजगार रणनीति तर्जुमा गरी आन्तरिक रोजगारीलाई व्यवस्थित बनाउन पहल गरिने बताए ।

२ महिना अगाडि

प्रतिक्रिया