हिमालयन बैंकले एफपीओ निष्कासन गर्ने

बुधबार, ०५ असार २०८१, १६ : ०९

काठमाडौँ- हिमालयन बैंक लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ)गर्ने भएको छ । बैंकले एफपीओ निष्कासन गर्नका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  

आज एक समारोह बीच हिमालयन बैंक र सिटिजन्स क्यापिटलबीच थप सार्वजनिक निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तीसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबरा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।  

बुधबार, ०५ असार २०८१, १६ : ०९

प्रतिक्रिया