आजको दैनिक कारोबार कस्तो होला, हेर्नुस् राशिफल  ?

विहीबार, ०६ असार २०८१, ०८ : ०५

काठमाडाैं - आज वि।सं।२०८१ साल असार महिनाको ६ गते बिहीबार, ज्येष्ठ शुक्लपक्षको त्रयोदशी तिथि, उप्रान्त चतुर्दशी तिथि ।

मेष 
बौद्धिक क्षमतामा बृद्धि हुने छ । तर सो अनुसारको पेशागत जीवन मजबुद नहुँदा मनमा निराशाका क्रम देखिने छ । प्रतिष्पर्धात्मक क्षमताको कमि हुने छ । बोलीको प्रभाव पनि कमि आउने छ । शेयर क्षेत्र लाभदायी रहने छ ।

वृष
आम्दानीका लागि छोटो–छोटो यात्रा गर्नुपर्ने छ । तर आम्दानी सोच जस्तो नहुँदा मनोबलको कमि हुन जाने छ वा कमजोर मनोबलका कारण आम्दानीमा हुनु पर्ने जति प्रगति हुने छैन् । साझेदारीमा गरिएका काममा भने समस्या देखा पर्ने छ । शेयर क्षेत्र औसत रहने छ ।

मिथुन 
पारीवारिक जीवनमा द्वन्द देखा पर्ने भएकाले संयमित रहनु होला । पेशागत जीवन भने शुभ रहने छ । मनमा दुविधाले सताउने छ । धन सम्पत्तिको विषयमा मुद्धा मामिला तथा अड्डा अदालत धाउनु पर्ने समय सक्रिय रहेको छ । शेयर क्षेत्रमा गुमाउनु पर्ने छ ।

कर्कट
शारीरिक थकान र कमजोरी पनि उत्तिकै देखा पर्ने भएकाले यसबारेमा विशेष ध्यान दिनु होला । कमजोर मनोबल हुने छ । सम्पत्ति तथा सञ्चित रहेको धन सम्पत्तिामा नोक्सानी हुने समय सक्रिय देखिएकाले यस विषयमा ध्यान दिनु होला । शेयर क्षेत्रमा नोक्सानी हुने छ ।

सिंह
 मनमा भारी निराशाले सताउने छ । प्राप्त उपलब्धिहरुमा पनि खुशी हुन सकिने छैन् । सामान ढुवानी गर्ने सवारीसाधन, भाडाका सावारीसाधन, निर्माण सामग्री, विकास निर्माणका कामहरु, ठेक्कापट्टा, श्रमिक क्षेत्र, शेयर क्षेत्र औसत रहने छ ।

कन्या
दृढ खालको व्यक्तित्व हुँदा हुँदै परि रिस भने असाध्यै बढि हुन पुग्ने छ ।  जीवनसाथिको सल्लाहमा गरिने कामले लाभ दिने छ । तर दाम्पत्य जीवनमा यसबाहेकका अन्य विषयमा भने द्वन्द देखा पर्ने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ ।

तुला
आफ्नो कर्म र पेशा व्यवसायका प्रतिफलहरु परिवारप्रति समर्पित गर्ने स्वाभावमा भारी बृद्धि हुने छ । यसले पारीवारिक जीवनमा खुशीयाली ल्याउने छ । बोलीमा नरमपना देखा पर्ने छ । तर पेशागत जीवनमा भने केही अस्थिरताको सामना गर्नु पर्ने हुन्छ ।  शेयर क्षेत्र औसत रहने छ ।

वृश्चिक
पेशाप्रति प्रतिबद्ध हुने व्यक्तित्व हुने भएकाले पेशागत स्थिरता कायम हुने छ । साझेदारीमा गरिएका काममा भने द्वन्द चर्किने जाने छ । शारीरिक सुखको अभाव हुने छ । प्राप्त भइरहेको सुखका संयन्त्रहरु गुम्ने चुनौति देखिन्छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

धनु 
मनमा दुविधा नै दुविधाले डेरा जमाउने हुँदा निराशा बढ्न जाने छ । परीवारिक जीवन शुभ रहने भएता पनि बोलीमा देखिने कडापनका कारण प्रिय भने बन्न जाने छैन् । साझेदारमिा गरिएका कामहरुमा बिबाद देखा पर्ने छ । शरीर अत्यन्त कमजोर हुने र थाई धेरै लाग्ने छ ।  शेयर क्षेत्र अनुकूल रहने छैन् ।

मकर 
व्यवस्थापकीय कलामा बढोत्तरी हुने छ । दृढ खालको व्यक्तित्व हुने छ । प्रेम रोमान्समा सफलता मिल्ने छ ।  रिस भने अलि धेरै उठ्ने भएकाले यस बारेमा विचार पुर्याउनु होला । व्यापार, विजनेश, वाणिज्य, कारोवार, एजेन्टिङ्ग जस्ता क्षेत्रमा सक्रियहरुलाई फाईदा हुने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ ।

कुम्भ 
अन्यौलताले सताउने छ । चाहिने ठाउँमा आवश्यक बुद्धि आउने छैन् । समय धैर्य हुनु पर्ने खालको छ । शेयर क्षेत्रमा सतर्क रहनु पर्ने छ ।

मीन
पेशागत क्षेत्रमा सन्तुलित भएर पाइला चाल्नु पर्ने देखिन्छ । भाग्यको साथ रहेकाले आँटेका कामहरु अघि बढ्ने छन् । तर पेशागत जीवनमा भने अबरोधहरु देखिन जाने छ । शेयर बजारमा गुमाउनु पर्ने छ ।

विहीबार, ०६ असार २०८१, ०८ : ०५

प्रतिक्रिया