कुमारी बैक संस्थापक शेयरको शेयर बिक्रीमा

विहीबार, ०६ असार २०८१, १३ : ३५

काठमाडौं - कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनी विरेन्द्र कुमार साहको नाममा रहेको १३ लाख ८७ हजार २५८ कित्ता शेयर बिक्रीमा राखेको छ । यो शेयर बैंकका संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउनेछन् ।

शेयर किन्न चाहने संस्थापक शेयरधनीले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ । शेयरको मूल्य  बिक्रेताले तोकेबमोजिम हुने बैंकले उल्लेख गरेको छ ।निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

विहीबार, ०६ असार २०८१, १३ : ३५

प्रतिक्रिया