काठमाडौं - साताको अन्तिम कारोबार दिन सेयर बजारमा १०.४४ अंकले घटेर २०६८ को विन्दुमा कायम हुन पुगेको छ ।आज नेप्सेमा कारोबार भएको आज ३०६ कम्पनीको ८६ लाख ६३ हजार ६९९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८७ करोड ७ लाख ४४ हजार रुपैयाँको कारोबार भएको छ ।
आज बजारमा गिरावट आउँदा ११ वटा उपसूचक राताम्मै भएको छ । उक्त दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.२८ प्रतिशतले घटेको हो । त्यसैगरी, भगवती हाइड्रोपावरको ५.४७ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको ५.३१ प्रतिशत, स्वाभिमान लघुवित्तको ४.७९ प्रतिशतले सेयर मूल्य घटेको छ ।


सर्वाधिक कारोबार हुने कम्पनी
आज सबैभन्दा बढी माउन्टेन इनर्जीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १७ करोड १४ लाख ८४ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चरको १५ करोड ७४ लाख ८९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन सिइडिबी हाइड्रोपावरको ९ करोड ९९ लाख ६८ हजार रुपैयाँ, पोखरा फाइनान्सको ८ करोड ९६ लाख ६० हजार रुपैयाँ र गुडविल फाइनान्सको ६ करोड ६८ लाख ८२ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया