शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न हिमालय ऊर्जा विकास कम्पनीलाई अनुमति

शुक्रबार, ०७ असार २०८१, १५ : ०६

काठमाडौं - नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हिमालय ऊर्जा विकास कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ ।

बोर्डले कम्पनीलाई १०० प्रतिशत अर्थात्, १ः१ अनुपातमा ९९ लाख १ कित्ता हकप्रद जारी गर्न अनुमति दिएको हो । बोर्डले ६ महिनापछि हकप्रद जारी गर्न अनुमति दिएको हो । हकप्रद सेयर निष्कासनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेड बिक्री प्रबन्धक नियुक्त भएको छ ।

शुक्रबार, ०७ असार २०८१, १५ : ०६

प्रतिक्रिया