सेयर बजारमा ५.३७ अंकको  गिरावट

आइतबार, ०९ असार २०८१, १५ : ५१

काठमाडौं - साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आइतबार बजार ५.३७ अंकले घटेर २०६२ को विन्दुमा कायम हुन पुगेको छ ।

उक्त दिन सबैभन्दा बढी पोखरा फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १७ करोड १३ लाख ५२ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल फाइनान्सको १३ करोड ५८ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन रिलायन्स फाइनान्सको १३ करोड १६ लाख ९ हजार रुपैयाँ, माउन्टेन इनर्जीको ११ करोड ११ लाख २५ हजार रुपैयाँ र माण्डु हाइड्रोपावरको ९ करोड ३८ लाख ८५ हजार रुपैयाँको कारोबार भएको हो ।

सर्वाधिक कारोबार हुने कम्पनी
आज नेप्सेमा कारोबार भएको आज ३१७ कम्पनीको ९५ लाख ६१ हजार ७२७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा १० वटा उपसूचक राताम्मै भएको छ । उक्त दिन रिलायन्स फाइनान्स, गणपति लघुवित्त, साधना लघुवित्त, मैलुङखोला जलविद्युत कम्पनी, नेपाल फाइनान्सको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

आइतबार, ०९ असार २०८१, १५ : ५१

प्रतिक्रिया