काठमाडौँ - समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ८ गते बसेको सञ्चालक समितिको बैठकले असार ३० गते छैठौं वार्षिक साधारण सभा डाकेको छ ।
उक्त सभामा सर्वसाधारण समूह ख बाट २ जना सञ्चालकको निर्वाचन गर्ने र अन्य कुनै वित्तीय संस्थासँग एकआपसमा गाभ्नेरगाभिने तथा मर्जरसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यसैगरी सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९\८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।
सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०\८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी असार २० गतेदेखि ३० गतेसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार असार १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै संस्थाको सभामा सहभागी हुन योग्य हुनेछन् । सभा आगामी असार ३० गते आइतबारका दिन सर्लाही मलंगवामा रहेको जानकी फ्यामिली होटल एण्ड पार्टी प्यालेसमा बिहान ११.३० बजे सुरु हुनेछ ।
प्रतिक्रिया