आजको भविष्य : के तपाइको आर्थिक कारोबारमा बाधा भइरहेको छ, शेयर कारोबारबाट आज नाफा होला ? हेनेस् राशिफल

सोमबार, १० असार २०८१, ०७ : ०१

काठमाडौं - आज वि।सं।२०८१ साल असार महिनाको १० गते सोमबार, आषाढ कृष्णपक्षको तृतीया तिथि ।

मेष 
 पेशागत क्षेत्रमा मनमा दुविधाका मात्रा बढ्न पुग्ने हुँदा समर्पण भावको कमि हुने छ । साझेदारीमा गरिएका क्षेत्रहरुमा द्वन्द देखा पर्ने छ । समय संयम रहनु पर्ने रहेको छ । मन शेयर  कारोबारबाट घाटा बेर्होनुपर्ने छ ।

वृष
 मनमा देखा पर्ने अन्योलताले दुविधात्मक व्यक्तित्व बन्न हुँदा यसबारेमा सतर्क रहने प्रयास गर्नु होला । पारीवारिक जीवनमा द्वन्दात्मक अवस्था आउने छ । शेयर क्षेत्रबाट अपेक्षाकृत फाइदा हुने छैन् । 

मिथुन 
पेशागत जीवन पनि औसत वातावरणबाट अघि बढ्ने छ । दृढ खालको व्यक्तित्व हुने भएकाले कसैसँग डर र त्रास लाग्ने छैन् । शेयर क्षेत्र औसत खालको हुने छ । रिस पनि उच्च रहने भएकाले सतर्क रही व्यवहार गर्नु वेस रहने छ । 

कर्कट
शेयर क्षेत्र प्रतिकुल रहने छ । बौद्धिक र जनसम्पर्कमा रही गर्नु पर्ने पेशामा आवद्धहरुको पेशागत जीवनमा सकारात्मक रहने छ । मनमा आउने दोहोरो विचारले निर्णय लिन कठिन बनाउने छ । 

सिंह
समय धेरै उत्साही भई हाल्ने खालको नरहेकाले धैर्य भएर मात्र पाइला चाल्नु होला । आफ्नो लक्ष्य प्रति केन्द्रीत हुन मनमा निरन्तर दृढता आउने छ । साझेदारीमा गरिएका कामबाट लाभ मिल्ने छ ।शेयर क्षेत्रबाट आंशिक लाभ मिल्ने छ । घरजग्गा कारोबारमा लाभ हुन सक्छ ।

कन्या
शेयर क्षेत्रबाट लाभ मिल्ने छ । पेशागत जीवनमा सुधार देखा पर्ने छ । अरुको विश्वास कायम रहने छ । रोकिएको रकम प्राप्त हुने मार्गप्रशस्त बन्ने छ । सवारीसाधनजन्य विषयमा कठिनाई झेल्नु पर्ने छ । 

तुला
शेयर क्षेत्रबाट सकारात्मक नतिजा मिल्ने छ । आम्दानीमा केही बृद्धि हुन पुग्ने छ । बौद्धिक र ज्ञानमार्गमा लागेकाहरुको जीवनमा उन्नति हुने छ । विदेश यात्रा अनुकुल रहने छ । पेशागत क्षेत्रमा प्रतिष्पर्धीहरुबाट हुने तानातानको घानबाट फस्ने चुनौति देखिन्छ । धेरै जोखिमपूर्ण निर्णयहरु गर्दा धेरै सोच विचार गरेर मात्र पाइला चाल्नु होला ।

वृश्चिक
शेयर क्षेत्र अनुकुल रहने छैन् । पेशागत जीवन भने औसत अवस्थाबाट गुज्रने छ । बोलीको प्रभावकारीतामा बृद्धि हुने छ । आम्दानीमा केही बृद्धि हुन जाने छ । मनका कुरा अरुलाई भन्न मन नलाग्ने स्वाभाव हुने हुँदा एकान्त प्रिय लाग्ने छ । पा
धनु 
शेयर क्षेत्र अपेक्षाकृति लाभदायी रहने छैन् । पेशागत जीवनमा पनि संघर्षमय अवस्थाबाट गुज्रनु पर्ने छ । आफ्नो उद्देश्य र लक्ष्य प्रति समर्पित हुन मन लाग्ने छ । मनोबल भने कमजोर हुन जाने भएकाले अरुले कमजोर आँक्ने छन् । 

मकर 
शेयर क्षेत्र सोचे जस्तो नाफदायी हुन सक्ने छैन् । धन, सम्पत्ति तथा वित्तिय क्षेत्रमा घाटा वा नोक्सानी हुने भएकाले सतर्क रहनु होला । पेशागत जीवनमा अरुसँग जुध्नु पर्ने छ । दृढ खालको व्यक्तित्व हुने भएकाले अरुले पेलि हाल्न भने सक्ने छैनन् ।

कुम्भ 
शेयर क्षेत्रबाट लाभ प्राप्त हुने छ । बौद्धिक प्रकृतिको पेशामा आवद्धहरुलाई शुभ रहने र प्रशंसा प्राप्त हुने छ । अरु क्षेत्रको हकमा औसत अवस्था रहने छ । आम्दानीको हकमा भने सोचेको जति प्राप्त नभए पनि निराश नै हुनु पर्ने पनि छैन् ।
मीन
शेयर क्षेत्रबाट लाभ मिल्ने छ । पेशागत क्षेत्र पनि औसत खालको हुँदा न त उन्नति न त अधोगतिको अवस्थाबाट अघि बढ्ने छ ।  भाग्यले साथ नदिएकाले धेरै जोखिमपूर्ण कदम भन्दा औसत जीवनलाई चालु राख्नु नै उचित हुने देखिन्छ ।

सोमबार, १० असार २०८१, ०७ : ०१

प्रतिक्रिया