काठमाडाैं - हिमालयन रिइन्स्योरेन्सको १५ लाख कित्ता शेयरको ‘लकइन’ अवधि आज असार १० गते बाट सकिँदैछ । कम्पनीले जारी पुँजी १० अर्ब रुपियाँको ३० प्रतिशतले हुन आउने तीन करोड कित्ता साधारण शेयर सर्वसाधारणलाई २०८० मंसिर २७ गतेदेखि पुस २ गतेसम्म बिक्री खुला गरेको थियो ।
शेयर बाँडफाँट गर्दा कम्पनीले सामूहिक लगानी कोषलाई छुट्याएको १५ लाख कित्ता शेयर नेपाल धितोपत्र बोर्डको निर्देशनबमोजिम पुस ११ गतेबाट ६ महिनाका लागि लकइनमा राखिएको थियो । सोही शेयरको ‘लकइन’ अवधि आज असार १० गतेबाट सकिन लागेको हो ।
प्रतिक्रिया