असार अन्तिम साता नागरिक लगानी कोषको वार्षिक साधारण सभा बस्दै, के छ एजेन्डा

सोमबार, १० असार २०८१, ०८ : ३९

काठमाडाैं - नागरिक लगानी कोषको वार्षिक साधारणसभा असार ३१ गते बस्ने भएको छ ।  सभा, त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  सभाले कोषको गत आर्थिक वर्षको मुनाफाबाट १४ प्रतिशत बोनस शेयर र ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ ।

त्यस्तै गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै शेयरधनी र सञ्चालकहरूको तर्फबाट एक–एक जना प्रतिनिधि नियुक्त गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । सभा प्रयोजनार्थ कोषले असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ, असार १९ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश पाउन योग्य बन्नेछन् । 

सोमबार, १० असार २०८१, ०८ : ३९

प्रतिक्रिया