मल्टीपर्पस फाइनान्सको ३९ हजार ३१ कित्ता सेयर बिक्रीमा

सोमबार, १० असार २०८१, ११ : ०३

काठमाडौं- मल्टीपर्पस फाइनान्स लिमिटेडले ३९ हजार ३१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । यस अघि जेठ २ गते विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री खुला गर्दा वितरण हुन नसकेको यी शेयर अन्य व्यक्ति तथा संस्थाहरूमा जारी गरिएको हो । 

असार १० गते सूचना जारी गर्दै कम्पनीले इच्छुक खरीदकर्ताहरूले आगामी १५ दिनभित्र आवेदन पेश गर्न सकिने जानकारी दिएको हो । इच्छुक खरीदकर्ताहरूले तोकिएको मितिभित्र के कति शेयर खरीद गर्ने हो सो समेत खुलाई कम्पनी सचिवको कार्यालय जनकपुरधाममा आवेदन पेश गर्नुपर्नेछ ।

सोमबार, १० असार २०८१, ११ : ०३

प्रतिक्रिया