बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु

सोमबार, १० असार २०८१, ११ : ०७

काठमाडौँ- बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेत जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारूको मृत्यु भएको हो । 

चट्याङ लागेर घाइते थारूको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए । 

सोमबार, १० असार २०८१, ११ : ०७

प्रतिक्रिया