निलम्बित मुख्य सचिब अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गर्ने सरकारको निर्णय

सोमबार, १० असार २०८१, ११ : ५५

काठमाडौँ- आज १० गते बसेको मन्त्रिपरिषद् बैठकले केहि महत्वपुर्ण निर्णयहरु गरेको छ । मुख्य निर्णयहरु यस प्रकार छन् । 
१. नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकोमा प्रचलित कानुन बमोजिम निज स्वतः निलम्बन हुनुभएको छ । हाललाई राष्ट्रिय योजना आयोगमा रा.प. विशिष्ठ श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी निजलाई उक्त पदमा सरुवा गर्ने ।

२.आव २०८०/८१ मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्ने । रु. ८७ अर्ब ३५ करोड २९ लाख विनियोजन भएकोमा ९३ प्रतिशत हुने गरी  बाँकी रकम रु। १६ अर्ब ९९ करोड २२ लाख तत् तत् स्थानीय तहमा हस्तान्तरण गर्ने ।
 

सोमबार, १० असार २०८१, ११ : ५५

प्रतिक्रिया