काठमाडौं - साताको दोस्रो कारोबार दिन सेयर बजार ३.२१ अंकले बढेर २०६६ को विन्दुमा कायम हुन पुगेको छ ।
उक्त दिन सबैभन्दा बढी मेरो माइक्रोफाईनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २४ करोड ३२ लाख १८ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चरको १८ करोड ४१ लाख ५३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन पोखरा फाइनान्सको १६ करोड १७ लाख १ हजार रुपैयाँ, माउन्टेन इनर्जीको १४ करोड ५८ लाख ६ हजार रुपैयाँ र मञ्जुश्री फाइनान्सको ४२ करोड २८ लाख ६१ हजार रुपैयाँको कारोबार भएको हो ।

सर्वाधिक कारोबार हुने कम्पनी
आज नेप्सेमा कारोबार भएको आज ३२२ कम्पनीको १ करोड ७ लाख ७ हजार ८७८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७ करोड ७२ लाख ५५ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा ६ वटा उपसूचक हरियो भएको छ । उक्त दिन नेपाल फाइनान्स, गणपति लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रतिक्रिया