नेपाल क्लियरिङ्ग हाउसको संस्थापक सेयर लिलामी बिक्रीमा

सोमबार, १० असार २०८१, १६ : ००

काठमाडौँ - नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले (एनसीएचएल) ३० हजार कित्ता संस्थापक सेयरको लिलामी बिक्री  खुला गरेको छ । मितेरी डेभलपमेन्ट बैंकको स्वामित्वमा रहेको एनसीएचएलको सेयर लिलामी बिक्रीमा आएको हो । जसको न्यूनतम मूल्य ७ सय रुपैयाँ राखिएको छ ।

बैंकका विद्यमान संस्थापक सेयरधनी वा अन्य बैंक तथा वित्तीय संस्थाहरूले यो सेयर खरिद गर्न पाउनेछन् । सेयर खरीदका लागि आवेदन दिंदा सबै कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ । उक्त सेयर किन्न चाहनेले सेयर संख्या र सोको मूल्य समेत खुलाई असार १२ गतेसम्म काठमाडौंको कमलादीस्थित बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । तोकिएको अवधिभित्र प्राप्त गोप्य शिलबन्दी बोलपत्र असार १३ गते बिहान ११ बजे विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा खोलिने कार्यक्रम तय भइसकेको छ ।
 

सोमबार, १० असार २०८१, १६ : ००

प्रतिक्रिया