काठमाडाैं - आज वि.सं.२०८१ साल असार महिनाको ११ गते मंगलबार, आषाढ कृष्णपक्षको चतुर्थी तिथि । आज मंगलचौथी रहेको छ ।
मेष
पेशागत जीवनमा भने अस्थिरताको अवस्था आउने भएकाले संयमिता अपनाउनु होला । पेशागत क्षेत्रमा आरोप प्रत्यारोपको अवस्था देखिने चुनौति रहेकाले ध्यान दिनु होला । शेयर क्षेत्र औसत अवस्थाको रहने छ ।
वृष
शेयर बजार सकारात्मक रहने छ ।पेशागत जीवनमा सफल मनमा दुविधाको मात्रा निरन्तर आउँदा अन्योलता देखा पर्ने छ ।
मिथुन
पेशागत जीवनमा स्थिरता आउने छ । उन्नति प्रगतिका खवरहरु प्राप्त हुने छन् । आम्दानीमा केही बृद्धि हुन जाने छ । शेयर क्षेत्र अनुकुल रहने छ ।
कर्कट
मनोबलमा कमजोरी बढ्ने छ । अरुले दुविधात्मक सोच भएको व्यक्तित्वका रुपमा पाउने छन् । पेशागत जीवन उतार चढावबाट गुज्रने छ । शेयर बजार औसतमा केही प्रतिकुलतर्फको रहने छ ।
सिंह
भाग्य बलियो छ । व्यवस्थापकीय क्षमतामा केही दक्षता थपिने छ । पारीवारिक जीवनमा विवाद देखा पर्ने छ । शेयर क्षेत्र औसत अवस्थाबाट गुज्रने छ ।
कन्या
चतुरतामा बृद्धि हुने छ । बौद्धिक तथा राजसीपनामा पनि बृद्धि हुने छ । प्रतिष्पर्धीहरुको अभिव्यक्ति तथा भनाईबाट मनमा खिन्नता देखा पर्ने भएकाले मनमा दृढटा विकास गर्ने प्रयास गर्नु होला । शेयर बजार अनुकुल रहने छ ।
तुला
आम्दानीमा बृद्धि हुने छ । व्यक्तित्वमा भने कमजोरी देखा पर्ने छ । साझेदारीमा गरिएका कामहरु सकारात्मक बन्ने छन् । शेयर क्षेत्रमा जोखिम लिने समय देखिँदैन् ।
वृश्चिक
बोलीको प्रभावकारीताका कारण आम्दानी तथा लक्ष्य प्राप्तिमा सफलता मिल्ने छ । पेशागत जीवनमा भने केही आरोप प्रत्यारोपको अवस्था आउने भएकाले संयमितता सहित कदम चाल्नु उपयुक्त हुने छ । शेयर बजार अनुकुल रहने छ ।
धनु
पेशागत जीवन औसतमा सकारात्मक रहने छ तर पेशागत जीवनमा सतर्कतासहित व्यवहारको खाँचो भने देखिन्छ । रुखो प्रकारको व्यक्तित्व हुने र रिस धेरै उठ्ने भएकाले संयमित रहनु होला । शेयर बजार अनुकुल रहने छ ।
मकर
रिस भने चाँडै चाँडै उठ्ने खालको व्यक्तित्व हुने भएकाले संयमित रहनु उपयुक्त हुने छ । धन सम्पत्तिमा बृद्धि हुन जाने छ । शेयर बजार अनुकुल हुने छ ।साझेदारीमा गरिएका काममा अवरोधहरु देखिने छ ।
कुम्भ
पारीवारिक सदस्यहरु मिलनको वातावरण तयार हुने छ । शेयर बजार अनुकुल रहने छैन् ।बोलीमा रुखोपना देखा पर्ने भएकाले यस बारेमा सतर्क रहनु नै वेश हुने छ ।
मीन
मनमा नकारात्मक विचारले पेल्ने छ । यसले मनमा उदासिनता बढाई दिने हुँदा मन नियन्त्रणमा प्रयास गर्नु होला ।शेयर क्षेत्र लाभदायी हुने छ । पेशागत जीवन स्थिर रहने छ । आम्दानी भने सोचे जस्तो हुने छैन् ।
प्रतिक्रिया