सीआईटीको संस्थापक सेयर बिक्रीमा

मंगलबार, ११ असार २०८१, ११ : ५७

काठमाडौँ - एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट (सीआईटी) को ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

प्रतिकित्ता न्यूनतम ७३९ रुपियाँ तोकिएको उक्त सेयरमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले मात्रै आवेदन दिन पाउनेछन् । लगानीकर्ताले सेयर खरिदका लागि बोलकबोल गर्दा घटीमा १० हजार कित्ता र बढीमा १०० ले भाग जाने गरी सबै कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल, एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय वा विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा आवेदन दिनु पर्नेछ ।  आवेदन असार ११ देखि १८ गतेसम्म दिन सकिनेछ । 
 

मंगलबार, ११ असार २०८१, ११ : ५७

प्रतिक्रिया