सेयर बजारमा ५.६० अंकले वृद्धि

मंगलबार, ११ असार २०८१, १५ : ४६

काठमाडौं - साताको तेस्रो कारोबार दिन सेयर बजार ५.६० अंकले बढेर २०७१ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३१९ कम्पनीको ९४ लाख ३५ हजार ४५४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा ८ वटा उपसूचक हरियो भएको छ । उक्त दिन ग्लोबल आइएमई बैंक डिबेञ्चर, मकर जितुमाया सुरी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, न्यादी हाइड्रोपावरको ८.६५ प्रतिशत, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको ७.५७ प्रतिशत, चिरख्वा हाइड्रोपावरको ६.६८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

सर्वाधिक कारोबार हुने कम्पनी

आज सबैभन्दा बढी आरएसडिसी लघुवित्तको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १४ करोड ८३ लाख ८ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चरको १२ करोड ६२ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन नेपाल फाइनान्सको ९ करोड ६९ लाख ६४ हजार रुपैयाँ, पोखरा फाइनान्सको ९ करोड ४९ लाख १९ हजार रुपैयाँ र हाथवे इन्भेष्टमेन्टको ८ करोड ५४ लाख ९३ हजार रुपैयाँको कारोबार भएको हो ।

मंगलबार, ११ असार २०८१, १५ : ४६

प्रतिक्रिया