बलिउड – बलिउड नायिका कट्रिना कैफले रणवीर कपुरसँगको ब्रेकअपबारे मुख खोलेकी छन् । ‘अजिब प्रेमकी गजब कहानी’को सेटबाट सुरु भएको उनीहरुको प्रेम ‘जग्गा जासुस’ चलचित्र रिलिज पछि टुट्यो । उनीहरु एक–आपसमा किन अलग भए भन्ने बिषयमा धेरै कारण सार्वजनिक भैरहेका छन् ।
हाल एक अन्तरवार्तामा रणवीरसँगको ब्रेकअपको विषयमा कट्रिनाले भनेकी छिन, ‘नयाँ बाटोमा पुग्न पुरानो बाटो छोड्नैपर्छ । हाम्रो बीच जे भयो, त्यसमा मेरो कारणको जिम्मेवारी म लिन्छु । मैले के गर्न सक्थेँ वा मेरो तर्फबाट के कमी भयो त्यसको भागीदार म हो । तर, दोस्रो व्यक्तीको म जिम्मा लिन सक्दिन ।’
कट्रिनाले रणवीरसँगको ब्रेकअपपछिको सबै भन्दा खराब समय बिताइरहँदा आफ्नो आमाले साथ दिएको पनि बताएकी छिन् । उनले भनेकी छिन, ‘मलाई आमाले जे मलाई भइरहेको छ त्यो धेरैलाई हुन्छ भन्नुभएको थियो । म जस्ता धेरै छन् भन्ने कुराले मलाई शक्ती दियो ।’ कट्रिनाले रणवीरसँगको ब्रेकअपपछि पनि खुसीसाथ जीवन बिताइरहेको बताएकी छिन् ।
प्रतिक्रिया