काठमाडौं - रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासनको अनुमति पाएको छ। कम्पनीलाई बोर्डले ६० प्रतिशतले हुन आउने ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ निष्कासनका लागि स्वीकृती प्रदान गरेको हो ।
बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्न लागेको रिलायन्स स्पिनिङको लागि लगानीकर्ताले ४१ हजार ४० रुपैयाँ जोहो गर्नुपर्ने भएको छ । सो आईपीओमा न्युनतम ५० कित्ता शेयरको लागि आवेदन दिनुपर्ने हुन्छ । सेयर बाँडफाँड गर्दा पनि एक आवेदकलाई न्यूनतम ५० कित्ता बाँडफाँड गर्नैपर्छ ।कम्पनीले ८२०।८० रुपैंया प्रति कित्ताका दरले हुन आउने ९४ करोड ८८ लाख रुपैयाँ ११ हजार ९६८ रुपैयाँ बराबरको शेयर निष्काशन गर्नेछ ।
रिलायन्सले यस अघि नै संस्थागत लगानीकर्तालाई शेयर बाडँफाँड गरिसकेको छ। गत माघमा निष्कासन गरिएको शेयरको कट अफ प्राइस ९१२ रुपैयाँ आएको थियो। त्यस बेला कम्पनीले ७ लाख ७० हजार ६ सय ४० कित्ताको लागि आवेदन माग गरेकोमा ११ लाख भन्दा बढीको शेयर माग हुन आएको थियो। बुक बिल्डिङ विधि अनुसार योग्य संस्थागत लगानीकर्ताले पाएको कट अफ प्राइसको १० प्रतिशत घटाएर सर्वसाधारणले शेयर पाउने प्रावधान छ । संस्थागत लगानीकर्ताको कट अफ प्राइस ९ सय १२ रुपैयाँमा १० प्रतिशत घटाउँदा कायम हुन आएको ८२०।८० रुपैंया प्रति कित्तामा रिलायन्स स्पिनिङले सर्वसाधारणलाई शेयर जारी गर्नेछ ।
प्रतिक्रिया