नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

विहीबार, १३ असार २०८१, १२ : २६

काठमाडौँ - नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले  सात जना संस्थापक सेयरधनीहरूको नाममा रहेको १९ लाख ४४ हजार ७ सय ४७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

यो सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरीद आवेदन दिन  पाउनेछन् । उक्त सेयर खरीद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र खरीद गर्न चाहेको सेयर विवरण खुलाई काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर शाखामा निवेदन दिनुपर्नेछ । तोकिएको म्यादभित्र संस्थापकबाट सेयर खरीदका लागि आवेद नपरेमा सो सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

 
 

विहीबार, १३ असार २०८१, १२ : २६

प्रतिक्रिया